HTMLभनेको के हो ?
तपाईले यहाँबाट सामान्य कोडिङ्गको ज्ञान सिक्न सक्नुहुनेछ ।
सर्बप्रथम हामी HTML को बारेमा केहि सिक्नेछौ ।
एच टि एम एल कोड मा CSS प्रयोग गर्दा सजिलै भिडियोमा भएको वेबपेजको बनावट दिन सकिन्छ ।
HTML भनेको के हो ?
HTML भनेको Hyper Text Markup Language हो । र यसको छोटकरि HTML हो ।
HTML वेबपेज बनाउनको लागि प्रयोग गरिने सामान्य भाषा हो
HTML ले वेबपेजको बनावट वर्णन गर्दछ ।
HTML मिलाएर राखिएको तत्वहरुको ले बनाइएको हुन्छ ।
HTMLतत्चहरुले वेवपेजको बनावट कसरि देखाउने भनेर ब्राउजर लाइ आदेश दिन्छ ।
HTMLको तत्चले 「यो हेडलाइन हो 」, 「यो प्यारग्राफ हो 」, 「यो लिङ्क हो 」 इत्यादिको चिजमा छाप लगाइदिन्छ।
जस्तै
<!DOCTYPE html>
<html>
<head>
<title>पेजको टाइटल</title>
</head>
<body>
<h1>स्वागत छ । कोडिङ्गको दुनियामा </h1>
<p>यो मैले लेखेको पहिलो हरफ हो</p>
</body>
</html>
ब्याख्या
<!DOCTYPE html><!--यसले यो डकुमेन्ट चाँहि HTML5डकुमेन्ट हो भनेर जनाउदछ।-->
<html><!--यसले यहाँबाट HTML सुरु हुन्छ भनेर जनाउदछ ।-->
<head><!--यसले यहाँबाट HEAD सुरु हुन्छ भनेर जनाउदछ ।-->
<title><!--यसले यहाँबाट TITLE सुरु हुन्छ भनेर जनाउदछ ।-->पेजको टाइटल</title><!--यसले यहाँबाट TITLE सकिन्छ भनेर जनाउदछ ।-->
</head><!--यसले यहाँबाट HEAD सकिन्छ भनेर जनाउदछ ।-->
<body><!--यसले यहाँबाट BODY सुरु हुन्छ भनेर जनाउदछ ।-->
<h1><!--यसले यहाँबाट H1 सुरु हुन्छ भनेर जनाउदछ ।-->स्वागत छ । कोडिङ्गको दुनियामा </h1><!--यसले यहाँबाट H1 सकिन्छ भनेर जनाउदछ ।-->
<p><!--यसले यहाँबाट P1 सुरु हुन्छ भनेर जनाउदछ ।-->यो मैले लेखेको पहिलो हरफ हो</p><!--यसले यहाँबाट P1 सकिन्छ भनेर जनाउदछ ।-->
</body><!--यसले यहाँबाट BODY सकिन्छ भनेर जनाउदछ ।-->
</html><!--यसले यहाँबाट HTML सकिन्छ भनेर जनाउदछ ।-->
कोडिङ्ग कसरि गर्ने
कोडिङ्ग गर्न कम्प्युटरमा रहेको मेमो(Memo)बाट पनि सुरु गर्न सकिन्छ।
केहि गार्हो महसुश गर्नुहुनेले भिडियो हेर्नुहोस् ।
किन भिज्युअल स्टुडियो कोड को प्रयोग गर्ने
यस बाट कोडिङ्ग गर्न सजिलो हुने भएकाले भिज्युअल स्टुडियो कोड को प्रयोग गर्ने ।